एक बालक नहरको इन्टेकमा मृत फेला

२ जेष्ठ- कैलाली, कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्