अटोसहित १२ लाख मूल्यको अबैध सामान जफत

२ जेष्ठ – कैलाली, कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ।

No description available.

सुदूरपश्चिम प्रदेश ०१००१ से ४७७९ नम्बरको हरियो कलरको अटोमा १२ लाखभन्दा बढीका अबैध सामान धनगढी ल्याइपुगाइएको हो। प्रहरीले अटोसहितको अबैध सामान नियन्त्रणमा लिए पनि संलग्न व्यक्तिलाई भने नियन्त्रणमा लिन नसकेको हो। अहिले बरामद गरिएको अटो र सामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्