१ जेष्ठ – झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम आठराई गाउँपालिका-१ बस्ने १९ वर्षीय सबिन लाम्गादेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सबिनले ती किशोरीलाई कनकाई नगरपालिका-५ चप्रामारीमा आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्