१ जेष्ठ – काठमाडौ, लोकप्रिय गायक गोकुल राउतलाई व्रेन स्ट्रोक भएको छ ।
गत बैशाख २३ गते आइतबार आफ्नै निवास लोकन्थलीमा विहानको समयमा अचानक हातका अङ्गहरु बाउँडिएर गारो हुने, उभिदा पनी शिथिल हुने , शरीरको दायाँ भाग नचल्ने भएपछि थाहा भएको आधा घण्टापछि पूल्चोक स्थित अल्का हस्पिटल लगिएको थियो । अल्कामा एम.आर.आई पछि मस्तिष्क घात भएको पुष्टि पश्चात उनलाई परिवारको सहायतामा माइतीघरस्थित रहेको अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
यस्तो समस्या हुनुभन्दा केहिदिन अघिदेखि आँखाको दृष्टिमा धमिलोपन जस्तो भएको ,घाँटिमा खकार जम्ने,केहि अड्के जस्तो लक्षण भएको गायक राउतले वताए । ६ दिनको अस्पताल वसाइँपछि हाल आफ्नै निवास लोकन्थलीमा आराम गरिरहेका छन साथै औषधि सेवन र दिनको २ पटक फिजियोथेरापी भैरहेको पारिवारीक स्रोतले वताएको छ ।
विरामी भएको खवर सुन्नासाथ उनका शुभचिन्तक,स्रोता दर्शक तथा कलाकारहरुले समाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन। उनको है सानु, चञ्चले यो मन ,सेतो घोडा,है सानु दुई सानु लगायतका दर्जनौं गीतहरु लोकप्रिय रहेका छन ।
प्रतिक्रिया दिनुहोस्