बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटनाहँदा ३ जनाको मृत्यु

३१ बैशाख-दैलेख, बिजुलीको पोल बोकेर गइरहेको ट्याक्टर कच्ची सडकमा भार थेग्न नसक्दा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । ।

बस्नेपाटीदेखि खर्च्यागैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ ढाँडस्थित जंगलमा दुर्घटना भएको हो ।

खर्च्यागैराका ५५ वर्षका मान बहादुर रावतको दुर्घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरूमध्ये दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको सुर्तेमा उपचारका क्रममा मृत्यु भएको हो।

दुल्लु –६ का ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्

प्रतिक्रिया दिनुहोस्