श्री रामदाम कल्याण केन्द्रद्वारा धर्म गुरू पंडित अर्जुन शंकर ज्यु सम्मानित

२९ बैशाख-काठमाडौँ, श्री रामदाम कल्याण केन्द्र,काठमाडौंको आयोजनामा ललितपुरमा सनातन धर्म र विश्वकर्मा समुदाय विषयक सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

श्री रामदाम कल्याण केन्द्रका अध्यक्ष पारस रामदामको सभापतित्वमा भएको कार्यक्रममा अमेरिकाबाट आउनुभएका धर्म गुरू पंडित अर्जुन शंकर विश्वकर्माले प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष कृष्ण रामदाम,कोषाध्यक्ष राजेश रामदाम,सदस्यहरू डम्बर रामदाम,रवि रामदाम,हरि रामदाम,हरिकुमारी रामदाम, विकास रामदाम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम केन्द्रका महासचिव सुसन रामदामले संचालन गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरूले शास्त्रलाई तोडमोड गरेर फैलाइएको विकृति र अन्धविश्वास हटाएर सभ्य समाज निर्माण गर्न धर्म गुरू लगायत विश्वकर्मा समुदायले पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।

धर्म गुरू अमेरिकाको पहिलो विश्वकर्मा समुदायका पंडित तथा धर्म गुरू हुनुहुन्छ । उहाँ सहित समाजसेवी तुलसा लामिछाने र डम्बर लामिछानेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्