तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ

२८ बैशाख- सुनसरी,धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ किलो र नगद ७ लाख ५२ हजार ५ सय २५ रूपैयाँसहित ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँघुरीगढी गाउँपालिका-१० बस्ने २० वर्षीय मन्दीप राई, २८ वर्षीय मन कुमार राई, २४ वर्षीय राम कुमार राई, ३५ वर्षीय थाम बहादुर राई, २५ वर्षीय देउमन राई तथा १६ वर्षीय किशोर र सखुवासभा मांङतेवा बस्ने २५ वर्षीय अजित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज १८२१ नम्बर र को.२ च ३११० नम्बरको २ वटा पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.३१ प ६०३७ नम्बर र को.३० प ९०९२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्