कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

२८ बैशाख-नुवाकोट, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुप्चेश्वर गाउँपालिका-७ शिखरबेशी वाईवा टोल बस्ने ५३ वर्षीय मिन बहादुर तामाङ भन्ने मिम बहादुर तामाङलाई वारदात घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङ समेतले दुप्चेश्वर गाउँपालिका-७ बस्ने २७ वर्षीय पेम्वा तामाङलाई २०६१ कात्तिक २९ गते राति धारिलो हतियार खुकुरी, लाठ्ठी प्रहार गरी हत्या गरी फरार रहेको घटनामा संलग्नमध्ये तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत नुवाकोटबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्