ठगी सम्बन्धी मुद्दामा संलग्न व्यक्ति पक्राउ

२८ बैशाख- कास्की, ठगी सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३१ बस्ने २८ वर्षीय सुवास सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुवेदीले ‘म मुख्यमन्त्रीको पिए हुँ’ तुरून्तै पोखरा-काठमाडौं र काठमाडौं-नेपालगञ्जको टिकट बुक गरिदिनुहोस पैसा म क्युआर कोड मार्फत पठाईदिन्छु भनी सोही महानगरपालिका-६ लेकसाईडस्थित एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी टिकट काट्न लगाई पैसा नपठाई ठगी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी उपर आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्