२७ बैशाख-काठमाडौँ, आजबाट रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु भएको छ, यो जात्रा बैशाख शुक्ल प्रतिपदा देखि सुरु गर्ने प्रचलन रहेको छ, रातो मच्छिन्द्रनाथको देवता लाइ रथमा राखेको ४ दिन पछी रथ तान्ने गरिन्थ्यो भने यो साल ३ दिनमै रथ तानिने छ, यसपली अक्षय तृतीया न रहेकोले रथ ३ दिनमै तानिने कुरा गुठी संस्थान शाखा ललितपुर का कार्यालय प्रमुख बैकुण्ठ आचार्य ले बताए
रातो मच्छिन्द्रनाथलाई खटमा बसाली गाबाहल , मंगलबजार, सुनधारा हुदै लगनखेल पुर्याईनेछ , लगनखेल पुर्याएर महाबली दिइने कुरा रातो मच्छिन्द्रनाथका पुजारी ले बताए
यस पटक रातो मच्छिन्द्रनाथ रथको पाग्राहरू नया बनाइएका र यो साल तेस्तो अप्रिय घटना नहुनेमा रातो मच्छिन्द्रनाथ समिति ढुक्क रहेको कुरा सञ्जालहबलाई बताए, यस पटक पाग्रा निर्माणमा अनुमानित ३० लाख खर्च भयको र जात्रा समापन सम्म १ करोड खर्च हुने भनीएको छ, जात्रामा महीलाहरूले पनी जात्रा समापन को १ दिन अगाडी रथ तान्ने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्