अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्रा

२६ बैशाख- पर्सा, वीरगंज महानगरपालिका-१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका-५ बस्ने ३४ वर्षीय रबिन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्