२६ बैशाख- काठमाडौं, ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने २७ वर्षीय धुर्व खरेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
खरेल भएको ठगी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्