नक्कली नोटसहित एक जना पक्राउ

२५ बैशाख- जाजरकोट,छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्