दल वहादुर डङ्गोलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

२४ बैशाख  -काठमाडौं, वरिष्ठ घाँसे गायक स्वर्गिय दल वहादुर डङ्गोलको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । गत बैशाख २२ गते शनिबार तारकेश्वरधाम गुम्वा काठमाडौंस्थित माननीय सँँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री हित वहादुर तामाङको प्रमुख आतिथ्यमा सभा गरिएको हो ।

प्रमुख अतिथि तामाङले स्वर्गिय डङ्गोल एक अदभुत खालको कलाकार ,प्रभावशाली प्रस्तुतकर्ता र कलाकार क्षत्रको हिरा जस्तो अथवा नेपाली समाजको गहना जस्तो भएको वताए ।

स्वर्गिय डङ्गोलका नाति प्रतिक डङ्गोलको सभापतित्वमा भएको शोक सभामा विशिष्ट अतिथि वरिष्ठ गायक शिवनारायण जोशि,शिक्षाविद तथा इतिहासविद शिव वहादुर भण्डारी, गायक तथा एरेञ्जर विष्णु तामाङ, वरिष्ठ गायक ध्रुवराज खडका,अतिथिहरुमा गायिका सावित्रि के.सी,पानमाया गुरुङ, विष्णु मल्ल,शुशिला लामा, गायक असिम कुमार कटुवाल, शुदर्शन अधिकारी,दिल श्रेष्ठ,सर्जक तथा गायक रमेश श्रेष्ठ शम्भु नेपाल, अशोक कुमार सापकोटा,राजु खडका, रामकुमार खतिवडा, मोहन खडका, अमृता रायमाझि,वैकुण्ठ न्यौपाने, वेलीजाई समुहका तपेन्द्र के.सी, ,सचेतना नागरिक संस्थाका दिपु उप्रेती लगायत दर्जनौं कलाकार तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति काठमाडौं, वेलीजाई समुह माछापोखरी ,सचेतना नागरिक संस्था र काव्य म्यूजिक सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वर्गिय डङ्गोलको सम्झनामा मौन धारण तथा उनको मौलिक घाँसे गितप्रतिको योगदानको चर्चा गरिएको थियो । उनको गत बैशाख १४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्