२४ वैशाख-पर्सा, वीरगंज महानगरपालका-१६ रजतजयन्ती चोकबाट अवैध रूपमा ल्याउँदै गरेको चाँदी जस्तो देखिने धातुबाट बनेका २ किलो १ सय ७३ ग्राम तौलका विभिन्न गहनाहरूसहित बारा फेटा गाउँपालिका-३ घर भएका २० वर्षीय रोशन सोनारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई उक्त गहनासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्