२१ बैशाख- काठमाडौं, डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोली शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो ।
डाइभर्सिटी भिसा सन् २०२५ को छनोट समय लगभग आइसकेको उल्लेख गर्दै दूतावासले शनिबार बेलुका ९ बजे सार्वजनिक हुने बताएको छ ।
dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्