२१ बैशाख – झापा, झापामा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ ।
स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ ।
प्रहरीले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए ।
‘घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य छ, यस घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्