भण्डारी सेवा समाज नेपालको अध्यक्षमा वीर वहादुर भण्डारी चयन

२१ बैशाख- काठमाडौं, भण्डारी सेवा समाज नेपालको चौथो साधारण सभा २०८१ ले वीर वहादुर भण्डारीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । गत बैशाख १५ गते शनीबार धुम्वाराहिस्थित लर्ड पार्टि भेन्युमा रघुबंशी कौशिक गोत्रीय अन्र्तगत समाजको महाधिवेशनले भण्डारीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा राम कुमार भण्डारी, महासचिवमा राधाकृष्ण भण्डारी, कोषाध्यक्षमा रामहरी भण्डारी, वरिष्ठ सदस्यमा माधव भण्डारी, सदस्यहरुमा शिवराम भण्डारी, रविन्द्र भण्डारी, कृष्ण भण्डारी लगायत चयन भएका छन । समाजमा अन्य केहि पदाधिकारीहरु चयन गर्न बाँकी रहेकाले छिट्टै पहिलो पूर्ण वैठकद्धारा निर्णय गरिने भण्डारी सेवा समाज नेपालका नवनिर्वाचित कोषाध्यक्ष रामहरी भण्डारीले जानकारी दिए ।

पूर्व वन तथा वातावरण मन्त्री वाग्मती प्रदेशकी माननीय मसिना भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम समाजका अध्यक्ष केशर वहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थागत विकास ,उन्ननयनमा साथ सहयोग गर्ने संस्थापक अध्यक्ष धु्रव वहादुर भण्डारी, माननीय न्यायधिस जीवन भण्डारी (ताप्लेजुङ), संरक्षक एवं पूर्व अध्यक्ष जीवन कुमार भण्डारी, पूर्व वन तथा वातावरण मन्त्री वाग्मती प्रदेश माननीय मसिना भण्डारी (सिन्धुपाल्चोक) , डा.रविनजंग भण्डारी (सिन्धुपाल्चोक), ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, डा. श्रेया भण्डारी (कैलाली), डा. खगिन्द्र वहादुर भण्डारी (कैलाली), डा.भद्रा भण्डारी (कोटेश्वर), प्राध्यापक डा.दिपक वहादुर भण्डारी (लमजुङ), डा. अक्षता भण्डारी (सिन्धुपाल्चोक) , डा.राजेन्द्र भण्डारी (सिन्धुपाल्चोक), प्राध्यापक डा.शुशिलादेवी भण्डारी (पालुङटार,गोर्खा) डा.यज्ञ वहादुर भण्डारी(पालुङटार,गोर्खा) डा.रामचन्द्र भण्डारी (सिन्धुपाल्चोक ), डा.अनुराग भण्डारी (भरतपुर,चितवन) लगायतलाई चिकित्साक्षेत्र लगायत अन्य क्षत्रमा सेवा गरेवापत सम्मान गरिएको थियो । यसैगरी संस्थाको साधारण सभा सम्पन्न गर्न आर्थिक सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुण्य वहादुर भण्डारी, अध्यक्ष केशर वहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष क्षत्र वहादुर भण्डारीलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको थियो ।

नेपालभर छरिएर रहेका चौध लाख रघुबंशी कौशिक गोत्रीय भण्डारीहरुको छाता सङ्गठन भण्डारी सेवा समाज नेपालको उक्त समारोहमा गायक रामहरी भण्डारी ,गायक दिनेश भण्डारीले लोक लयका प्रस्तुतीहरु पस्किएर उपस्थित भण्डारी वन्धुहरुलाई मनोरञ्जन पनी दिलाएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्