इनार खन्ने क्रममा दुई जनाको मृत्यु

१९ वैशाख – भक्तपुर, चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार रहेका छन् ।

खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मृतक काका भतिज हुन् । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका हुन् ।उनीहरु त्यहाँ टहरो बनाएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्