भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१९ वैशाख – काठमाडौं, पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन्।

मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए। गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्