जेलमा रहेकोलाई छटाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

१९ वैशाख – वीरगञ्ज,  अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका ब्यक्तिलाई छटाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल छन्। पक्राउ परेका उनले अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी कसुर मुद्दाको पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्जमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी १० लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाइदिन्छु भनी सात लाख ठगी गरेको प्रहरीको भनाइ छ।

 

पुर्पक्षमा रहेकाहरूका आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्