राष्ट्रिय स्वतन्त्र पार्टी इलाम २ मा हार्नुका कारण के ?

१८ वैशाख –  काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको चुनावबाट आफ्नो राजनीतिक भविष्य सुरू गर्यो जस्ले जनताको साथ पनी राम्रोरूपमा पायो
२०७९ सालको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय पार्टीको रुपमा आफूलाई अरु पार्टी माझ उभ्याउन सफल रह्यो जस्का संस्थापक हालका गृह मन्त्री रबी लामिछाने रहेका छन
२०७९ सालको चुनाव पछी नेपालको राजनीतिमा धेरै फेरबदल भए नयाँ सरकार बनेपनी पटक पटक टुट्दै र बन्दै गरे यस बिचमा राजनीतिमा अप्रिय घटना नी भए तिनै घटनाका कारण इलाम २ र बझाङमा निर्वाचन भयो

बझाङमा काँग्रेसको निकै बलीयो पकड रहेकोले रासपाले खासै चासो न दिएको हो, जहाँँ हार निश्चित छ तेहा किन ध्यान दिने भन्ने सोचले रासपा को पुरै ध्यान इलाम २ मा रह्यो र तेहा बाट सांसद पदको लागि रासपाले मिलन लिम्बुलाई उठायो ।

मिलन लिम्बु एक पत्रकार र माओवादी निकट ब्यक्ति हुन । केही समय अगाडी मात्रै उनले स्वतन्त्ररूपमा उपचुनाव लडने भनी पत्रकार सम्मेलन पनी गरेका थिए तर फेरी परिस्थितिले अर्को मोड लियो मिलन लिम्बु जो माओवादी निकट थिए उनले माओवादी छाडेर रासपा रोजे र रासपा बाटै उपचुनाव लडने घोषणा गरे।

रासपाको इलाम २ मा जितेर सांसदको संख्या बडाउने र मिलन लिम्बुको सांसद बन्ने चाहानामा इलाम २ मा रासपाका संस्थापक र गृह मन्त्री रवी लामिछाने र रासपाका केही मन्त्रीको ठुलै जमात इलाम २ मा प्रचार प्रसार मा लाग्यो, मिलन लिम्बुको पहिचानकै कारण चुनाव जितिन्छ की भन्ने आशमा रासपाले जोरदार प्रचारप्रसार गर्यो, प्रचारप्रसारकै क्रममा गृह मन्त्री तथा रासपा का संस्थापक रबी लामिछानेलाई मिलन लिम्बुको एउटा भनाईको बारेमा जो थियो पहिचानवादी आन्दोलनका क्रममा उनले भनेका कुरा , मिलन लिम्बुले भनेका थिए ( जहा बाहुन भेटिन्छ तेहा घाटी रेटिन्छ) यस बारेमा प्रश्न सोध्दा रबी लामिछानेले कुनै जवाफ दिएन्न, रासपाको साथ लिएर चुनाव जित्ने आशमा रहेका मिलन लिम्बु ठुलै चोकटा खान गयका तर झोलमै चित्त बुझाउन बाध्य भए,

उता रासपाको संसद र सरकारमा आफ्नो सांसदको संख्या बढाउने सपना पनी चकनाचुर भएको छ सथै मिलन लिम्बुले चुनाव जितेर गृह मन्त्रीलाई लड्डु खुवाउने र सांसद बन्ने देखेको सपना पूर्व बाट सुर्यको प्रकाश इलाम २ मा पर्ने बित्तिकै टुटेको छ

रासपालाइ इलाम २ मा हार बेहोर्नुपर्ने केही मुख्य कारण छन जसमा गृह मन्त्री रवी लामिछानेलाई सहकारी ठगिको आरोप लाग्नु रहेको विश्लेषकहरूको भनाई रहेको छ।
रासपाको मिसन ८४ को नारा व्यापक रुपमा सुन्न पाइन्छ तर अहीले रासपा बिभिन्न आरोप प्रत्यारोप बाट घेरीएको छ, राजनीतिमा रासपा प्रवेश गरे सँगै उसलाई यस किसिमका बाधाहरूको सामना गर्नुपरेको छ

रासपाले सोचे भन्दा फरक किसिमले इलाम २ मा हार बेहोर्नुपरेको छ, अब मिसन ८४ कस्तो हुनेहोला, जनताको मन रासपाले जित्न सक्ला या न सक्ला यो त समयले नै बताउने छ

– सम्पादकीय

प्रतिक्रिया दिनुहोस्