३ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

१७ वैशाख- सिरहा, सिरहा नगरपालिका(१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार छन्।

 

गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।

दुई परिवारबीच घरायसी झगडाहुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्याभएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्