एक करोड १० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

१६ वैशाख – काठमाडौं, एक करोड १० लाख रुपैयाँ ठगी गरेर फरार रहेका व्यक्ति धादिङको नीलकण्ठ नगरपालिका-७ घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ पक्राउ परेका छन्।

ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा फरार रहेका प्रतिवादी श्रेष्ठलाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुरको नख्खिपोटबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्