टीकापुुरबाट लागुुऔषध सहित दुुई जना पक्राउ

१६ वैशाख -कैलालीको टीकापुुरबाट लागुुऔषध सहित दुुई जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा यस कार्यालयको अपराध अनुसन्धान शाखाबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले मिति २०८१।०१।१५ गतेको १०:३० बजेको समयमा जिल्ला कैलाली टीकापुर नरपालिका वडा नं. १ भुपुकमैया टोल स्थित बिजयनगर जाने कच्ची सडकमा संगै हिडिरहेका ऐ.ऐ. बस्ने बर्ष २५ को बिकाश चौधरी र ऐ.ऐ. बस्ने बर्ष १९ को अमन चौधरीको शरीर चेकजाँच गर्दा बिकाश चौधरीले लगाएको पाईन्टको अगाडीको दाहिने खल्तीबाट लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १.४०० ग्राम भएको लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थको एक पोका र रु.८,०००।- फेला पारेकोले बरामद गरी निजहरुलाई समेत पक्राउ गरिएको । निजहरुको सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

प्रतिक्रिया दिनुहोस्