फेस अफ नेपालको नयाँ सिजन सुरू

१६ वैशाख – काठमाडौं, २०१६ देखी नेपालमा हुँदै आएको फेस अफ नेपालको कार्यक्रम यस बर्ष २०२४ मा पनी हुने भएको छ ।
यस कार्यक्रममा पुरुष र महिला दुबै सहभागी हुन पाउने छन । जस्मा पुरुषको उचाई ५ फिट ८ इन्च र महिलाको ५फिट ५ इन्च हुनु पर्ने छ र १८ बर्ष देखी ३० बर्ष न कटेकाले यस कार्यक्रममा भाग लिन पाउने छन ।

यो कार्यक्रम दक्षिण कोरियामा हुने मोडल हन्टको फ्रेन्चाइज नेपालमा एम. एस. प्रोडक्सनले लिएको हो

दक्षिण कोरियामा हुने यस कार्यक्रममा २७ देशले सहभागीता जनाउने गर्दछन ।

फेस अफ नेपालमा भाग लिन यही बैशाख १७ गते देखि आवेदन खुल्ला गरिने छ, यस कार्यक्रमका लागि सात वटै प्रदेशमा अडिसनको तयारी भई रहेको आयोजकले जानकारी दिएको छ।

छनौट प्रकृया अगाडी बडेपछी सहभागिहरूलाई देशका ख्याती प्राप्त प्रशिक्षकद्वारा १५ दिने तालीम दिइनेछ

फेस अफ नेपालको नतिजा जजहरूको मूल्याङ्कन र भोटिङको माध्यमबाट हुनेछ भने सो प्रतियोगिताबाट ३ जना सहभागीलाई बिजेता घोषित गरिनेछ र नोभेम्बरमा दक्षिण कोरियामा हुने मोडल हन्टमा सहभागीह हुन ३ जना बिजेता नेपालबाट प्रस्थान गर्नेछन

प्रतिक्रिया दिनुहोस्