ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

१६ वैशाख – प्यूठान, आवेश प्रेरित ज्यान मुद्दाका फरार प्रतिवादी झिमरुक गाउँपालिका-६ बस्ने जिवा ढकाललाई घटनाको १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६८ वैशाख १७ गतेको फैसलाले १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत प्यूठानमा पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्