अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

१३ बैशाख – झापा, झापा गाउँपालिका-१ सितुमारी कार्की चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत प्रान्त बिहार जिल्ला किसनगंज सिंगीमारी आम पञ्चायत थाना-२ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र कुत्वाभिट्टा ग्राम पञ्चायत थाना-२ बस्ने २६ वर्षीय मुस्ताहक आलम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ५० मिलिग्रामसहित सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ डेरा गरी बस्ने बिर्तामोड नगरपालिका-९ किराँत चोक घर भएका २९ वर्षीय कमल श्रेष्ठ, दमक नगरपालिका-८ बालुवाटार बस्ने २९ वर्षीय भान्जा भन्ने रुपेश पौडेल, भारत बिहार राज्य किशनगंज समीदिन कटलबारी-७ लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र २७ वर्षीय कमरूल हुदा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कमल र रुपेशको कोठाबाट १  ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनकै कोठामा आउँदै गरेको अवस्थामा अंजार र कमरूल समेतलाई जाँच गर्दा १० ग्राम १ सय ५० मिलिग्रामसहित फेला परी पक्राउ गरेको हो ।

        बाँके, बैजनाथ गाउँपालिका-७ सेडारी बस्ने २६ वर्षीय प्रबेश थारूलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलीग्रामसहित बैजनाथ गाउँपालिका-२ बस्ने १८ वर्षीय र १७ वर्षीय २ जना किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडा बस्ने बिबेक चौधरीलाई उनकै घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्