जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ

११ बैशाख- चितवन, रत्ननगर नगरपालिका-१२ मिलिजुली टोल बस्ने ४१ वर्षीय हिरा बहादुर गोलेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोले समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३९ हजार ८ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्