दैलेखमा बँदेलको आतंक, आक्रमणबाट सात जना घाइते

११ बैशाख- दैलेख, भैरवी गाउँपालिका–६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई बँदेलले आक्रमण गर्दा सात जना घाइते भएका छन ।

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका(६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका र बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको हो।

 

घाइतेमध्ये गणेश सलामी सख्त घाइते भएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्