४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा परेर मृत्यु

 वैशाख १०- जनकपुर, धनुषामा सोमबार दिउँसो साढे ३ बजेतिर हंसपुर नगरपालिका–१ भगवानपट्टीकी ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आँप बगैंचामा रहेको परालको तीन वटा टालमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा उनको शव भेटिएको हो।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भईरहेको छ

प्रतिक्रिया दिनुहोस्