पहिचान नखुलेको एक पुरुषको शव फेला

वैशाख ९- संखुवासभा, संखुवासभाको चैनपुर नगरपालिका–१० दमकट्टास्थित अरुण नदीमा पहिचान नखुलेको एक पुरुषको शव भेटिएको छ।

शनिबार साँझ नामथर, वतन नखुलेको उचाइ अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो देखिने ट्याटु भएको पुरुषको शव फेला परेको हो। शव अन्दाजी ४० वर्षको पुरुषको भएको प्रहरीले जनाएको छ।

आइतबारसम्म मृतकको पहिचान खुल्न सकेको छैन। शवको प्रकृति हेर्दा ५ दिन पुरानो हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टमका लागि ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्