सिड्नीको एउटा चर्चमा छुरा प्रहार

वैशाख ४- अस्ट्रेलिया,  सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ ।

यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको थियो । यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेका छन् ।

घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले बताएको छ । चोट प्राणघातक भने नभएको बताइएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् ।
सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो । यस क्रममा यो हमला पनि प्रत्यक्ष प्रसारण भयो । घटनापछि सयौँ मानिसहरू चर्च बाहिर जम्मा भएका थिए । प्रहरीसँग यिनीहरूको झडप भएको थियो ।
झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरीको २० वटा गाडीमा क्षति पुगेको छ

प्रतिक्रिया दिनुहोस्