एक लाख बढीको अवैध सामान बरामद

वैशाख ३ – कञ्चनपुर,  कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख छ हजार दुई सय रुपैँया बराबरका ब्लाउजका कपडा, पोलिथिन, तेल, चरीको बिउ, चप्पल, मोटरसाइकलको ब्रेक, हेडलाईट, जिजर र कोराजिन किटनासक औषधी, लगायतका सामान बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्