वैशाख ३ – काठमाडौं, यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर गहिराइमा ढुङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो बाहिर निकालेको हो ।
सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शव कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षीय जगत् पुनको रहेको जानकारी दिएका हुन। उहाँका अनुसार वैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।
खबर प्राप्त भएपश्चात् खटिएको गोताखोरले सेती नदिको १५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको जानकारी डिएसपी थापाले दिए।
प्रतिक्रिया दिनुहोस्