बाढीका कारण अफगानिस्तानमा ३३ जनाको मृत्यु

वैशाख ३- काबुल, अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।

सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ । लगभग ६०० घरहरू क्षतिग्रस्त भएका छन् । साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ ।

विभागका प्रवक्ताका अनुसार, बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।’

देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहारमा सबैभन्दा बढी क्षति भएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्