एक युवक लागूऔषधसहित पक्राउ

वैशाख १-कैलाली, धनगढी उपमहानगरपालिका–८ राधास्वामी नजिकबाट ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउ बस्ने २८ वर्षीय प्यारेलाल राना शुक्रवार दिउँसो पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित रानालाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्