११ लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

वैशाख १- रौतहट, रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

साइकल चढेर आएका जैसवालले बोकेको झोलाबाट शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ वीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्