सडकबाट खसेर घाइते भएका विकको उपचारका क्रममा मृत्यु

चैत्र ३०- डोटी,  शुक्रबार दिउँसो आदर्श गाउँपालिका २ मौवाका लोग विकको सडकबाट खसेर  मृत्यु भएको हो ।

कारिया टोल सडक खण्डबाट १२ फिट तल खसेका विकको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा ल्याएर उपचार गराउँदा गराउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

 

साढे १२ बजेतिर बेहोस अवस्थामा फेला परेका विकको सवा ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको थियो । उनी सडकबाट कसरी खसे भन्नेबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्