नागरिक उन्मुक्ति पार्टी सांसद घनश्याम चौधरीलाई रञ्जिता श्रेष्ठले निलम्बन गरेकी छिन्।

चैत्र ३०- काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन्।

चौधरीलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको हो।

पार्टीको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार निलम्बन गरेकी हुन्।

यसैबीच सत्ता गठबन्धनले नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने समझदारी गरेको छ। तर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएको नाउपाभित्र रडाको मच्चिएको छ।

सुदूरपश्चिमा नाउपाका अब ६ जना सांसद छन्। यद्यपि बहुमत सांसद भने संरक्षक चौधरीतिर छन्। चौधरीको पक्षमा चार जना सांसद खुलेका छन्।

WhatsApp-Image-2024-04-12-at-12.49.24-PM-1712906268.jpeg

प्रतिक्रिया दिनुहोस्