स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको मृत्यु

चैत्र ३०- भारत,  भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ ।

 

दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । जी.एल पब्लिक स्कुलका झन्डै ४० जना विद्यार्थी बोकेको बस  कानिना क्षेत्रमा दुर्घटना भएको हो ।

चालकले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।।

प्रतिक्रिया दिनुहोस्