बसमा मोटरसाइकल ठक्कर खाई दुर्घटनाहुँदा एक जनाको मृत्यु

चैत्र ३०- काठमाडौं , काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 

बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्