ट्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा ट्याक्टर चालकको मृत्यु

चैत्र ३०- सर्लाही, सर्लाहीको ब्रह्मपुरी गाउँपालिक-२ मा चैते धान रोप्नका लागि खेत जोतिरहेको ज १ त ४३१४ नम्बरको ट्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा सोही ठाउँका २७ वर्षीय राजेश पासवान रहेका छन ।

 

मोटरको तारले ट्याक्टरमा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते भएका थिए । उनलाइ उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्