बस सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते

चैत्र २९-  पोखरा, आज बिहान ३ बजे काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

बस सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

३१ जना बसमा सवार मध्ये प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्