तेस्रो राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड २०८० भव्य सम्पन्न

चैत्र २९- काठमाडौं,  तेस्रो राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड २०८० सम्पन्न भएको छ । गत चैत २६ गते सोमबार सुनाखरी मल्टिमिडिया एण्ड फाउण्डेसनको आयोजनामा इन्द्रेणी साँस्कृतिक विकास केन्द्र विजुलीवजार काठमाण्डौंस्थित भएको कार्यक्रममा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
सुनाखरी मल्टिमिडिया एण्ड फाउण्डेसनका अध्यक्ष माधव थापाको सभापतित्वमा भएको कार्यक्रममा समारोहका संयोजक नमराज ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अजर अमर दिर्घसाधना सम्मान वरिष्ठ गायक ध्रुवराज खडकालाई नगद रु. एघार हजार एक सय एघार सहित सम्मानपत्रले सम्मान गरिएको थियो । गायक खडकाले वि.सं.२०३२ सालमा रेडियो नेपालवाट स्वर परिक्षा पास गरेका थिए । उनको “झम्के फूली नाकैमा वुलाकी” सर्वाधिक लोकप्रिय गीत हो । यसैगरी दशकका गायकमा वुद्धि वहादुर भण्डारी ‘रामहरी’ , गायिका सीता थापा सम्मानित भए भने श्रष्ठा सम्मानमा गायक रेशम थापा, गायिका इन्दिरा गोले, सुरज अधिकारी, विश्व दोङ, मिरा गिरि,गायक दिनेश श्रेष्ठ, मोडल कुसुम दुलाल सिम्रन सम्मानित भए ।

यसैगरी पत्रकारीता सम्मानवाट डेढदशकदेखि सञ्चारकर्म मार्फत नेपाली लोकगीत संगीतको प्रचार प्रसार,उत्थानका निम्ति निरन्तर सक्रिय सञ्चारकर्मी शिवराम भण्डारी सम्मानित भएका छन ।

अवार्ड समारोहमा निर्णायक मण्डलका अध्यक्ष नवराज घोरासैनी , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका सँस्थापक अध्यक्ष शिवनारायण जोशी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, डि.ए.आर मुभिजका प्रमुख प्रभावन जे., इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेल, आइटि इन्जिनियर राजेन्द्र अर्याल,पत्रकार तथा सर्जक शान्ति प्रिय, माधवराज खरेल, सामना शाह, गायिका आशा लामा ज्ञानमाला,सञ्चारकर्मी राजु वोहोरा लगायत गीतसंगीतका हस्ती अग्रजदेखि अनुजसम्मका कलाकार तथा पत्रकारहरुको वाक्लो उपस्थिति रहेको थियो ।

तेस्रो राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड २०८० प्राप्त गर्नेहरु :
१. दोहोरी साझ गायक – जीवन खतिवडा
२. दोहोरी साझ गायिका – रिता बुढाथोकी
३. लोक दोहोरी गायक (काठे) – सरोज लामिछाने गितको बोल -मुसौरी
४. लोक दोहोरी गायिका (काठे)- प्रतिमा अर्याल गितको बोल – धानको चामल ,चामलको कनिका
५. भिडियो निर्देशक – मिलन श्रेष्ठ गीतको बोल -हे कान्छी
६. लाइभ दोहोरी गायिका -सुसिला लामा
७. लाइभ दोहोरी गायक -धनपती दाहाल
८. एरेन्जर – राम कृष्ण थापा गीतको बोल – हे कान्छी
९.  मोडल महिला -रिना थापा मगर गीत को बोल -रानी हजुर
१०. मोडल पुरुष राजाराम कोईराला पछेउरि सलको
११. काठे लय – सानू के सि गीतको बोल – पियारा पियारी
१२. छायांकार सन्तोष तिम्लसिना- गीतको बोल -हे माया
१३. काठे सब्द – शम्भु नेपाल गीतको बोल -एउटै मुटु
१४. बाध्यबादक ताल -मनोज सापकोटा
१५. बाध्यबादक सुर – बासुरी देबेन्द्र राई
१६. काठे नब गायक – कमल आचर्य गीतको बोल – निरकमल
१७. काठे नब गायिका – कोपिला तामङ वाइबा गीतको बोल -आइज काल
१८ .ध्वनी मिश्रण – गोबिन्द सोनि गीतको बोल – धानको चामल चामलको कनिका
१९. नब मोडल – सिर्जन पन्डित (पुरुष ) गीतको बोल – बासको डोलि
२०. नब मोडल – लक्ष्मी दर्नाल (महिला)गीतको बोल – आछा लेकिन
जुरि अवार्ड तर्फ राजेन्द्र भन्डारी
पब्लिक च्वाईस अवार्ड निरु कार्की
इन्करेजमेन्ट अवार्ड कमल दाहाल ,बसन्ती सुनार जीवन कार्की ,सन्तोस अधिकारी ।

 

प्रतिक्रिया दिनुहोस्