वनमा लागेको आगो निभाउन क्रममा घाइते भएका तीन सैनिकको मृत्यु

चैत्र २७- काठमाडौ, डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सैनिकको मृत्यु भएको हो ।

चैत २५ गते चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बाँकी तीन जना घाइतेहरुलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ ।
यस्तै एक जनाको भने सोही अस्पतालमा उपचार जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्