रुखबाट खसेर एक जनाको मृत्यु

चैत्र २७- कैलाली, कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ का ३५ वर्षीय जितबहादुर धामीको घर नजिकै चिउराको रुखबाट लडेर मृत्यु भएको हो। मंगलबार बिहान स्याउला काट्ने क्रममा रुखबाट अचानक लडेर उनी गम्भिर घाइते भएका थिए।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्