टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चैत २७- टीकापुर, मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो।

समूहमा घाँस काटन गएकी महिला हात्ती देखेपछि भागेका थिए। सँगै गएकी जसुदेवी नफर्केपछि फर्केर हेर्न जाँदा हात्तीले मारेर फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

जुसदेवीको घाँटीमा चोट लागेको, नाकबाट रगत बगेको देखिएको छ।

 

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्