गोली प्रहार गरी ५ लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

चैत्र २६- सुनसरी,  सुनसरीमा गोली प्रहार गरी ५ लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

लुटपाटमा संलग्न सप्तरी हनुमान कंकालिनी(३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र सुनसरीको भोक्राहा नरसिंह(४ का ३६ वर्षीय उमेश मुखियालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

 

उनीहरुको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद १ लाख २ हजार रुपैयाँ समेत बराबद गरेको छ । उनीहरुले गत बुधबार दिउँसो इनरुवा(९ स्थित नहरको डिलमा सुनसरी हरिनगर(२ का ६१ वर्षीय साहिरा मियाँ र उनकी नाती आसिफ अन्सारी माथि गोली प्रहार गरी ५ लाख ३५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्