काठमाडौं वायु प्रदूषणमा विश्वका शहरहरुमा दोस्रो

चैत्र २५-  काठमाडौं, वायुको गुणस्तरको तथ्यांक राख्ने एक्यूआईसीएनका अनुसार काठमाडौंका कैयौं स्थानमा आइतबार वायुको गुणस्तर अत्यन्तै अस्वस्थकर रहेको हो।

 

वायुमा पार्टिकुलेट म्याटर (पीएम) २.५ भनिने आँखाले देख्न नसकिने धूलोको कण प्रतिघनमिटर २०० भन्दा माथि पुगेमा धेरै अस्वस्थकर वायु मानिन्छ।

आइतबार मध्याह्नपछि काठमाडौंका कैयौं स्थानका वायु प्रदूषण रेकर्ड गर्ने स्टेशनहरूले सोही स्थिति देखाएका छन्। मन्डिखाटारमा अपराह्न सर्वाधिक धेरै पीएम २.५ को मात्रा ३०० नाघेको छ।

 

यो खतराजनक स्थिति हो। रत्नपार्कमा पनि वायु प्रदूषण निकै अस्वस्थकर पाइएको छ।

प्रतिक्रिया दिनुहोस्